दशैं नेपालीहरूको प्रमुख पर्व हो । विशेषगरी हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजा आजा र आराधाना गरिन्छ ।