बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिनलाई फूलपातीका नामले चिनिन्छ । परम्परागत रुपमा आजका दिन हरेक नेपालीको घर, दशैंघर, शक्तिपिठ, सेना÷प्रहरीको गुल्ममा फूलपाती भित्र्याइन्छ । दुर्गा भवानीको प्रतिमाका साथ जमरा राखिएको कोठामा फूलपातीको शुभसाइत पारेर केरा, दाडिम, धान, मानक, कर्चुर, बेसार, बेल, अशोक र जयन्तीको पातलाई फूलपातीको रुपमा भित्र्याउने गरिन्छ ।