दशैंको पन्ध्र दिनपछि आउने हिन्दुहरुको सबैभन्दा ठूला पर्वहरुमा तिहार एउटा पर्ब हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म मनाइन्छ।